समाचार

हनुमाननगरमा इलेक्ट्रोनिक पसलमा भीषण आगलागी, १० लाखभन्दा बढीको क्षति

 

रवि शर्मा 

पब्लिक प्रेस | 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-९ मा रहेको इलाका प्रहरी कार्यालय जाने बाटोमा रहेको ‘शर्मा साउण्ड सर्भिस’ नामक इलेक्ट्रोनिक मर्मत पसलमा गएराति भीषण आगलागी भएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार, विद्युत् सर्टका कारण आगलागी भएको हो। आगलागीका कारण पसलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। पसल सञ्चालक अमित शर्माले करिब १० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरेका छन्।

नगरपालिकाको दमकल सेवा तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिन घण्टौँ लाग्यो। यद्यपि, आगलागीले पसलका सामग्रीहरू जलेर पूर्णतः नष्ट गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button