पब्लिक प्रेस ।
सप्तरी जिल्ला राजविराज नगरपालिका-७ स्थित त्रिभुवन चोकमा शनिवार विहान राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सप्तरीको आयोजनामा बृहत विरोध सभामा सहभागी हुनका लागि भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष उम्द्देश्वर प्रसाद साह र जिल्ला सचिव सुरेन्द्र साहको संयुक्त नेतृत्वमा करिब २५० जना सदस्यहरू तथा कार्यकर्ताहरू सहभागी थिए। सप्तरी जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट करिब ६ वटा बसमा सवार भई जनकपुर धाममा हुन गइरहेको विरोध सभामा सहभागी हुनका लागि टोली प्रस्थान गरेका छन् ।
यस सहभागिताले राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठनात्मक एकता र सक्रियतालाई उजागर गरेको छ। विरोध सभामा सहभागी हुने टोलीले जनकपुर धाममा आफ्नो आवाज बुलन्द गर्दै पार्टीको उद्देश्य र मागलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले सप्तरी जिल्लाको राजनीतिक सक्रियता र जनताको सहभागितालाई बलियो बनाउने विश्वास लिइएको छ। विरोध सभाको प्रभाव र परिणामले आगामी दिनमा पार्टीको रणनीतिमा महत्वपूर्ण भूमिका खेल्नेछ।










