पब्लिक प्रेस ।
तिरहुत गाउँपालिका वडा नं ४, डिमन चौकीमा सप्तरी जिल्लाको कञ्चनपुर इलाका प्रहरी कार्यालयका DSP माधब काफ्लेको सफल कार्यकालको शुभकामना आदानप्रदान कार्यक्रम स्थानिहरू सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समुदायका प्रतिष्ठित व्यक्तिहरू, सुरक्षा कर्मीहरू र अन्य आम नागरिकहरूको उपस्थिति थियो। सहभागीहरूले DSP काफ्लेको कार्यकालको प्रशंसा गर्दै उहाँको योगदान र नेतृत्वले शान्ति सुरक्षा सुदृढीकरणमा पुर्याएको भूमिका उच्च मूल्यांकन गरेका थिए।
DSP माधब काफ्लेले कार्यक्रममा आफ्नो अनुभव र भावनाहरू व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउनुभएको छ। उहाँको सफल कार्यकालको स्मरण गर्दै उपस्थित सबैले उहाँप्रति कृतज्ञता व्यक्त गरे।
यो कार्यक्रमले समुदाय र सुरक्षा निकायबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिइएको छ। DSP माधब काफ्लेसरलाई आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।










