समाचार

केन्द्राध्यक्ष लगायत ६जना कर्मचारी कारबाहीमा

पब्लिक प्रेस ।
विष्णुपुर, चैत्र
सप्तरीकाे विष्णुपुर  गाउँपालिकाको जनता माध्यमिक विद्यालय, इटहरीमे माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन सुनियोजित रूपमा चिट चोरी गराएको आरोपमा विहिबार एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र ६ निरीक्षकलाइ कारबाही गरिएको छ।

संयुक्त षड्यन्त्रका रूपमे चोरी:
जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताएअनुसार, एउटै विद्यालयका विद्यार्थीहरूलाइ एउटै कोठामे राखेर चोरी गर्न सहज बनाइएको थियो।

प्रजिअ दाहालको भनाइः
“कोठा नं १, ७ र ८ मे एकै विद्यालयका सबै विद्यार्थीहरू राखिएको थियो। एक छेउमे विद्यालय पोसाक लगाएका विद्यार्थी थिए भने अर्को छेउमा बाहिरी पोसाक लगाएका विद्यार्थी थिए,” दाहालले बताए। दाहालका अनुसार, यो सुनियोजित र संगठित रूपमे गराइएको चोरीको प्रयासले परीक्षा मर्यादा उल्लङ्घन गरेको छ।

प्रवृत्तिविरुद्ध कडा कदमको आवश्यकताः
परीक्षामे पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न राज्यले यसप्रकारका लापरवाह कर्मचारीमाथि कडा कारबाही गरिरहेको छ।

कारबाहीमा परिइएका कर्मचारी :
केन्द्राध्यक्ष: श्री कुशेश्वर मण्डल, सहायक केन्द्राध्यक्ष : राम नारायण यादव, निरिक्षक: रामदेव शाह, रामानन्द अमात्य, शिव शंकर मण्डल,र लक्ष्मी कुमारी बि.क.रहेकी छिन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button