प्रहरी प्रशासनसमाज

सप्तरी प्रहरीले ठगी सम्बन्धी कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ गरि माेरङ्ग प्रहरीलाई बुझाए

पब्लिक प्रेस संवाददाता
राजबिराज फागुन २५ गते ।

सप्तरीमा पछिल्लाे पल्ट फेरि ठगी सम्बन्धी कसूर मुद्दामा एकजना पक्राउ परेका छन् । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी राज कुमार साह २ दिन अगाडि पक्राउ परेकाे हाे ।

ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी साहलाई शुक्रबार प्रहरीले पक्रीएपनि आइतबार मात्र सार्वजनिक गरेकाे प्रहरीले जनाएकाे छ । नितेश राज नायकको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी राज कुमार साह रहेको यस मुद्दामा, मोरङ्ग जिल्ला अदालतले माघ २५ गते पक्राउ गर्न अनुमति दिएको थियो।

प्रहरीले उक्त आदेशानुसार खोजतलास गर्दै जाँदा यहि फागुन २३ गते बिहान ११ बजे राजविराज नगरपालिका वडा नं. ८ स्थितबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । कार्यालयकाे अनुसार, पक्राउ परेका साहलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ्ग, विराटनगर अपराध अनुसन्धान तथा कारवाही शाखामा पठाइएको छ ।
साहमाथि ठगी, कुटपिट, र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेको छ । यसैगरी सप्तरी प्रहरीले पछिल्लाे समयमा आएर यस्ता घटनाका दाेषीलाई कडारूपमा निगरानी राख्दै आएको स्थानियहरूकाे भनाई छ । राम बहादुर भनिने हनुमानी रजक गिराेहका चारजना अहिले जिल्ला प्रहरीकै हिरासतमा छन् । उनिहरू नाेट डब्बल पारेर दिने भन्दै ठगी धन्दा गर्दै आएको उजुरीको आधारमा पक्राउ परेका हुन् ।
प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले यस घटनाको पुष्टि गर्दै, ठगीका घटनाहरूको अन्त्य गर्न प्रहरी निरन्तर क्रियाशील रहेको बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button