समाज

सप्तरीमा बस दुर्घटना: दुईको मृत्यु, सात घाइते

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा स्थित  पूर्व-पश्चिम राजमार्गमा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको आज यात्रु बाहक बस (प्र१-०१-००१ ख ३४२०) अनियन्त्रित भई दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा टोली खटिएको थियो। बस चालक फरार रहेको र खोजी कार्य जारी छ। बस घटनास्थलमै रहेको छ भने ल्याउने प्रक्रिया भइरहेको छ।

घाइतेहरूको विवरण:

१. सुबेता दाहाल (२१ वर्ष, सप्तकोशी न.पा. १) – अवस्था मध्यम, धर्मेश्वर अस्पताल।
२. मनोज भट्टराई (झापा-३) – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल।
३. मिना भट्टराई – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल।
४. चेतना भट्टाई (२६ वर्ष, सप्तकोशी न.पा. १) – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल।
५. अन्दाजी ७५ वर्षीय पुरुष – अवस्था गम्भीर, गोल्डेन अस्पताल, विराटनगर।
६. कमला भुसाल (५९ वर्ष, उदयपुर चौडढडी न.पा. ५) – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, नगर अस्पताल।

मृतक:
१. अज्ञात पुरुष।
२. अज्ञात महिला।

दुवैको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा पठाइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको कारण र चालकको अवस्थाबारे जानकारी आउन बाँकी छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button