प्रहरी प्रशासनसमाज

मदिरा पसलबाट फरार अभियुक्त पक्राउ

पब्लिक प्रेस सम्वाददाता
राजबिराज ।
सप्तरी प्रहरीले ठगी अराधिक तथा विश्वासघात संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी रुपेश कुमार यादबलाई मदिरा पसलबाट  पक्राउ परेको छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ का यादबलाई रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रुपनी चौकका एक होटलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यादब विरुद्ध महेश कुमार यादव समेतको जाहेरीले दावी अनुसार जिल्ला अदालतबाट गत माघ ४ गतेको आदेशानुसार यादब विरुद्ध पक्राउ गर्न अनुमती समेत प्राप्त भए पश्चात् लुकाई छिपाई बस्दै आएको रुपनी चौक स्थित होटलबाट गत बिहिबार दिउँसो पौने २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेको यादबलाई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button