समाचार

कामै नगरि खेल मैदानकाे ३० लाख रूपैयाँ स्वाहा , तै चुप मै चुपमा काम भएन

 

नविन यादव
राजविराज।

सप्तरीकाे तिलाठी काेईलाडी गाउँपालिकाको एक विद्यालयमा कामै नगरि खेल मैदानकाे ३० लाख रूपैयाँ अपचलन भएकाे छ ।
आव २०७७-७८मा प्रदेशबाट पालिकाकाे वडा नम्बर ७ स्थित लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालयकाे खेल मैदान निर्माणकाे लागि ३० लाख बजेट विनियोजन गरेकाे थियाे ।
तर बजेट विनियाेजनकाे रकम चारसाल बिति सक्दापनि खेल मैदान निर्माण नभएकाे भन्दै स्थानियले आराेप लगाएका छन् ।
विद्यालयका प्रधानाध्यापक विपिन झा र निवर्तमान जनप्रतिनिधिहरूकाे मिलाेमताेमा विनियाेजित रकम अपचलन गरेकाे एक स्थानियले बताए ।

उता विद्यालयकाे प्रअ विपिन झाकाे अनुसार खेल मैदानकाे ३० लाख बजेट विद्यालयको खातामा रहेकाे छ । तर साे रकम कुन आर्थिक वर्ष र कुन मन्त्रालयकाे हाे त्याे विषयमा यकिन नरहेकाे उनकाे भनाई छ । पूर्व वडा अध्यक्ष गुलाब सिंहले भने दुई चाेटी खेल मैदानमा पूर्व पालिका अध्यक्ष शतिस सिहंले काम गरेतापनि साे काम पूर्णता नगरी अधुरै छाडे र अहिलेपनि उस्तै छ । यसभन्दा अरु आफुलाइ केही जानकारी न रहेकाे उनले बताए ।

आव २०७७ /२०७८ मा मधेस प्रदेश सरकारले खेलकुद मन्त्रालयबाट मावि बभनगामा कट्टीमा खेल मैदान निर्माण गर्नका लागि ३० लाख वजेट विनियोजन गरेकाे साेही पालिकाका स्थानिय शिवनारायण यादवले बताए । उनकाे अनुसार साे खैल मैदान अहिले सम्म निर्माण नहुकाे कारण हाे प्रअ झा र केही पूर्व जनप्रतिनिधिकाे मिलेमताेमा रकम अपचलन हुनु । अहिले तैचुप मैचुप मै बजेट रकम स्वाहा भएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button