समाचार

एनसेल टावरबाट तेल चोरी, अनुसन्धान जारी

पब्लिक प्रेस ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–७ स्थित ललितपुर टोलमा रहेको एनसेल टावरबाट तेल चोरी भएको घटना सार्वजनिक भएको छ।
विहिबार दिउँसो करिब १ः०० बजेको समयमा एनसेल टावरका कर्मचारीहरू नियमित निरीक्षणका लागि टावर पुगेका थिए। निरीक्षणका क्रममा टावरभित्र रहेको Oil Box को ताल्चा फुटाइएको र करिब ६० लिटर तेल चोरी भएको फेला परेको हो।
टावरभित्र कुन समयमा र को–को व्यक्तिहरू प्रवेश गरी चोरी गरे भन्ने यकिन विवरण खुल्न नसकेको बताइएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी प्रवाहा, सप्तरीबाट तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी चौकी प्रवाहाका प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
हाल घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी भएको तेलको बरामदका लागि थप अनुसन्धान जारी रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button