प्रहरी प्रशासन

हिरासत छल्न यादव अस्पताल भर्ना

पब्लिक प्रेस संवाददाता
राजविराज।

हिरासत छल्न पत्रकार बैधनाथ यादव अस्पताल भर्ना भएको छ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट रेफर लिएर उनी बिराटनगरस्थित कोसी अस्पतालमा भर्ना भएको हो।

तर,सप्तरी प्रहरीले ठगी मुद्दाका अभियुक्त यादवलाई नियन्त्रणमा लिएर १० घण्टापछि छाडेको पीडितहरुको आरोप रहेको छ । बुधबार ९ गते विहान पक्राउ परेका ठगी मुद्दाको अभियुक्तको स्वास्थ्यमा समस्या देखाउँदै साँझ जिमाजमानीमा छाडेको पीडितहरुको आरोप छ।

‘फेन्ट’ भएको कारण देखाउँदै प्रहरीले ठगी मुद्दाका अभियुक्त यादवलाई छाडेको पीडितहरूको आरोप छ ।यता जिम्माजमानी अभियुक्तलाई छाड्न सकिने कानुनी व्यवस्था अनुसार यादवलाई छाडिएको प्रहरी स्रोतको दाबी छ ।

यादवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजले थप उपचारका लागि बिराटनगर स्थित काेशी अञ्चल अस्पताल रेफर गरेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार यादवकाे निगरानीमा प्रहरी रहेकाे र १० गते बिहान थप २ जना प्रहरी सप्तरीबाट पठाईने छ । उनलाई अस्पतालले डिस्चार्च गर्ने बितिक्कै जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइने उनले दाबी गरे ।

सप्तरी जिल्लामा सर्वसाधारणको रकम लिएर लिएर पैसा छाप्ने मेसिनबाट ‘डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पत्रकार समेत रहेका यादव र रामहादुर भन्ने हनुमानी रजक पक्राउ परेका हुन् ।

यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए । यादव र  हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाएका छन् । अहिलेसम्म यो समूहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button