समाचार

सरकारले शिक्षामा अरवाै लगानी गरेतापनि गरीब बिधार्थी शिक्षाबाट बञ्चित

नविन निर्भय यादव

क्याम्पसको लापरवाहीका कारण सप्तरीको तिलाठी काेइलाडी गापा ७, बभनगामा स्थित श्री लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरूकाे भविष्य माथि खेलवाड गरेकाे छ । शिक्षालाई मर्यादित बनाउन राज्यले अरवाै लगानी गरेपनि लगानीकाे कुनै महत्व नरहेकाे स्थानिय बुद्धिजीवी युवाहरूकाे तर्क रहेका छन् । ।
यसवारे समाजवादी विद्यार्थी युनियनका संगठन विभागका प्रमुख श्याम यादवले फेसबुकमा स्टाटस मार्फत क्याम्पस प्रशासनले केहि गरीब विद्यार्थीहरूलाई परीक्षा फारम भर्न नदिएको विषय उठाएका छन् क्याम्पस शुल्क बुझाउन नसकेका कारण केही बिधार्थीहरू परिक्षाबाट बञ्चित भएकाे बुझिन आएको छ। यस क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरू गरीब किसान परिवारका छन् र तिनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । गरीबीका कारण यी विद्यार्थीहरू क्याम्पसको शुल्क तिर्न नसक्दा परिक्षाबाटै बञ्चित हुनु अपराध हाे यादवकाे भनाई छ । केही विद्यार्थीहरू पूर्ण शुल्क तिर्न नसक्दा क्याम्पस प्रशासनले उनीहरूलाई परीक्षामा सम्मिलित हुनबाट रोकिदिएको हाे।

क्याम्पस प्रशासनकाे निर्णयप्रति आपत्ती जनाउदै श्याम यादवले क्याम्पस प्रशासनलाई सुझाएका छन्, “शिक्षामा राज्यले अर्बौं रकम लगानी गरेपनि क्याम्पसका व्यवस्थापकहरूको लापरवाहीले विद्यार्थीहरूको भविष्यसँग खेल्ने काम कदापि राम्रो  हाेइन ।” उनले “तत्काल यी विद्यार्थीहरूको परीक्षा फारम भर्नको लागि उचित कदम चाल्दै बिधार्थीहरूकाे भविष्यको रक्षा गर्न क्याम्पस प्रशासनसंग अनुराेध समेत गरेका छन् ।

नेपालको शिक्षा ऐन २०५३ र शिक्षा नियमावली २०५५ अनुसार हरेक क्याम्पसले विद्यार्थीहरूको शैक्षिक अधिकारको रक्षा गर्नुपर्छ । यदि क्याम्पसले छात्रवृत्तिका लागि आर्थिक सहुलियतको व्यवस्था गर्न असफल भयो भने पनि, क्याम्पसले विद्यार्थीलाई परीक्षा फारम भर्नको लागि अतिरिक्त समय र अवसर दिनुपर्ने हुन्छ । क्याम्पसको यस्तो लापरवाही शिक्षा ऐनको स्पष्ट उल्लंघन हो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button