समाचार

पत्रकार महासंघकाे नयाँ कार्यसमितिकाे पदस्थापना लगत्तै पहिलाे बैठक

पब्लिक प्रेस संवाददाता
पुस १८ गते ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाले गत मङ्सीर २८ गते नयाँ नेतृत्वका लागि तिनै तहकाे निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अहम भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेकाे छ । पुस १७ गते पदस्थापना सम्पन्न गरी बसेकाे बैठकले जिल्ला निर्वाचन समिति, निवर्तमान कार्यसमिति, मतदाता, उम्मेदवार पत्रकार, सुरक्षा निकाय तथा कर्मचारीमा बैठकले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको शाखाद्वारा बिहिबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा बसेकाे बैठकले पुस २६ गते वार्षिकरुपमा महासंघले मनाउँदैआएको लोकेन्द्र स्मृति दिवस भव्यतापूर्वक आयोजना गर्ने र सोही दिन लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि नयाँ कार्यविधि बमोजिम महासंघका पूर्व अध्यक्ष मुरलीप्रसाद यादवको संयोजकत्वमा मनोज माझी सदस्य रहने समिति गठन गरेको बिज्ञप्ती मार्फत जनाइएकाे छ । साथै कार्यबिधि अनुसार उक्त समितिको सदस्य सचिवमा शाखा सचिव अनिवार्य रहने व्यवस्था रहेकाे सचिव खगेन्द्र कार्कीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

पत्रकार महासंघले गर्दैआएको पत्रकार सम्मेलनलाई अझ व्यवस्थित बनाउन बैठकले महासंघका सह-सचिव कृष्णकुमार मण्डलको संयोजकत्वमा बृजमान तामांग र अरुणकुमार यादव सदस्य रहने गरी ‘पत्रकार सम्मेलन उपसमिति’ गठन गरेको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button