समाज

मनकामना बहुमुखी सहकारी सस्थाका संचालक समिति अध्यक्ष चौधरीको निधन

खगेन्द्र कार्की ,सप्तकोसी /

सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी सस्थाका संचालक समिति अध्यक्ष अशोककुमार चौधरीको आइतबार न्युरो हस्पिटल बिराटनगरमा निधन भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी समाजसेवी ५६ वर्षीय अशोक कुमार चौधरीको उच्च रक्तचाँपका कारण पक्षघात भई एक महिनादेखि न्युरो हस्पिटल बिराटनगरमा उपचारकै क्रममा आईतबार विहान निधन भएको पारिवारिक स्रोतले बताएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष समेत रहेको चौधरी जेठ ११मा रक्तचाप बढेर अचानक घरमै वेहोस भएपछि उनलाई तत्कालै उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो।
चौधरी प्रसाहा सामुदायिक वनबाट प्रतिनिधित्व गर्दै सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीको अध्यक्ष चुनिएका थिए।
सप्तकोसी नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्यासित उम्मेदवार समेत रहेका चौधरी फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी संस्थाका विगत लामो समयदेखि अध्यक्ष समेत रहेका थिए। दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध रहि आर्थिक तथा सामाजिक रूपान्तरमा अविस्मरणीय योगदान गर्दै आएका चौधरी
होटल तथा काठ ब्यवसायमा संलग्न थिए। उनका श्रीमतीसहित १ छोरा १ छोरी र नातिनातिना रहेका छ्न।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button