समाचार

नगरपालिका मातहतका अस्पतालमा म्याद गुज्रिएको औषधि वितरण

रवि शर्मा

सप्तरी जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह स्थित रहेकाे समुदाय अस्पतालमा म्याद गुज्रिएको औषधि वितरण गरिएको घटनाले एक गर्भवती सेवाग्राहीलाई असन्तुष्ट बनाएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस किसिमको लापरबाहीले ठूलो क्षति हुन सक्ने संभावना छ।

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारहरु कानूनी रुपमा सुरक्षित छन्। यो अधिकारको उल्लंघन हुँदा सम्बन्धित निकायले तुरुन्तै कारवाही गर्नुपर्ने हुन्छ। यस घटनामा सेवाग्राहीले स्थानीय प्रमुख प्रशासकीय अधिकृत समक्ष उजुरी दिएको उल्लेख छ। यसप्रकारका गुनासोहरुलाई सम्बोधन गर्न र भविष्यमा यस्ता घटनाहरु दोहोरिन नदिन, सम्बन्धित स्वास्थ्य निकायहरुले गम्भीरताका साथ ध्यान दिनु आवश्यक छ।

तसर्थ, स्थानीय प्रशासन र स्वास्थ्य विभागले तत्काल अनुसन्धान गरी दोषीहरुलाई कारवाही गर्नु पर्छ र यस्ता घटनाहरुको पुनरावृत्ति हुन नदिन आवश्यक सुधारात्मक कदमहरु चाल्नु पर्छ। साथै, नागरिकहरुले सुरक्षित स्वास्थ्य सेवा पाउन सुनिश्चित गर्न सम्बन्धित निकायहरुलाई निरन्तर खबरदारी गर्नुपर्दछ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button