समाचार

अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा न १ फत्तेपुरलाई

खगेन्द्र कार्की,सप्तकोसी /

सप्तरीको सप्तकोसी नगरपालिकाका वडा न २ पर्सामा जारी प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा वडा न २ लाइ हराउँदै वडा न १ ले उपाधि जितेको छ। सप्तकोसी नगरपालिका वडा न २ को आर्थिक सहयोगमा खेलकुद बिकास समिति सप्तकोसी नगरपालिका द्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा न २ लाइ ३-० गोल अन्तरले हराउँदै वडा न १ फत्तेपुरले उपाधि जितेको थियो। सप्तकोसी नगरपालिकाका ८ वटा वडाहरुले सहभागिता जनाएको प्रतियोगिताको बिजेता उप बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले संयुक्तरुप नगद पुरस्कार क्रमशः नगद रु ३० हजार २० हजार ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button