कृष्णानन्द भट्ट
सुर्खेत। कर्णाली प्रदेश सरकारले “गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी” कार्यक्रमका लागि १ अर्ब १६ करोड विनियोजन गरेको छ।
प्रदेशसभामा आर्थिक वर्षको बजेटबारे बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशको निम्ति बजेट विनियोजन गरेको बताएका छन्।
यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रम पनि कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा सञ्चालन गर्ने र १६ हजार बेरोजगारले रोजगार पाउने छन् भने बेरोजगारलाई रोजगारीको लागि कर्णाली समृद्धि परियोजनामार्फत श्रम तथा सिप विकासको आधारमा उद्यमशिलता रोजगार मेला तथा सिप विकास कार्याक्रम सञ्चालन गर्नुको साथै विदेशबाट फर्किएकाको सिप, अनुभव, पँजी, ज्ञानको प्रयोग गरि उत्पदान तथा रोजगारमा जोड्न स्थानीय उद्योगलाई अगाडि बढाउनको लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री केसीले बताएका छन्।
0 Less than a minute










