समाचार

सप्तरीको विष्णुपुरमा पारदर्शिता बिना विकास योजना कार्यान्वयन

पब्लिक प्रेस ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा आ.ब. २०८१/८२ को विकास योजनामा व्यापक अनियमितताको संकेत देखिएको छ।

पालिकाको वडा नम्बर १ स्थित खुरहुरिया क्षेत्र हुँदै बाजितपुर टोल जाने बाटो मर्मत योजनामा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन्। ओम प्रकाश यादवका अनुसार ३५० मिटरको दुरीमा कमसल निर्माणकार्य संचालनमा लयाएकाे छ, जसमा पालिका अध्यक्षउमेश यादवको संलग्नता रहेको आशंका व्यक्त गरिएको छ। यादवले होर्डिङ बोर्ड बिना निर्माण कार्य सञ्चालन गरिएको भन्दै पारदर्शिताको अभाव रहेको उल्लेख गरेका छन्।

यता, पालिका अधिकृत आनन्द उज्ज्वलले बजेट विवरणबारे जानकारी नभएको स्वीकार गरेका छन्। उनले कामको कमजोरी सुधार गरिने प्रतिबद्धता व्यक्त गरे।

तर, स्थानीय प्रशासनको आर्थिक पारदर्शिताबारे अनभिज्ञता अनियमितताको संकेत भएको स्थानीयको निष्कर्ष रहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button