समाचार

महासंघ निर्वाचनका लागि वार्ता, सम्वाद र सहकार्यका लागि चाैतारीकाे तीन सदस्य कार्यदल

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर २३ गते ।

प्रेस चाैतारी नेपाल सप्तरी शाखाले नेपाल पत्रकार महासंघकाे निर्वाचनका लागि कार्यदल गठन गरेकाे छ ।आइतबार अध्यक्ष डम्बर राईकाे अध्यक्षतामा कञ्चनरूप ८ स्थित नगरपार्टी कार्यालयमा बसेकाे बैठकले नेपाल पत्रकार महासंघकाे यहि मङ्सिर २८ गते हुन गइरहेकाे निर्वाचनमा पत्रकार सम्बद्ध संघ- संगठनहरूसंग वार्ता, सम्वाद तथा सहकार्य गर्दै आवश्यक काम कारवाही गर्न तीन सदस्य कार्यदल गठन गरेकाे हाे ।

कार्यदलमा खगेन्द्र कार्की,डम्बर राई र शिव आचार्य छन् । बैठकले क्रियाशिल पत्रकारहरुको असल नेतृत्वका लागि सबै संगठनहरुको उपस्थिति देखिने कार्यसमितिका निम्ति सर्वसम्मत निर्णयका साथ अघि बढ्न अपिल गरेकाे छ । त्यसैगरी साझा सहमतिलाई पहिलाे प्राथमिकता दिदै सर्वसम्मत कार्यसमिति निर्माण हुने परिस्थिति नबनेमा नजिक हुन चाहने, सँग संगठनहरु संग वार्ता र छलफल गरी अगाडी बढ्न प्रेस चौतारी नेपाल सप्तरी शाखा तत्पर रहेको जानकारी गराउदै सहज वातावरणमा नयाँ नेतृत्वका लागि निर्वाचनमा सबै संग संगठनहरूको सहयोगकाे अपेक्षा गरेकाे निर्णय भएकाे सचिव शिव आचार्यले जानकारी दिएकाे छ ।
साथै सचिव आचार्यको अनुसार, नेपाल पत्रकार महासंघको निर्वाचन कार्य तालिका प्रकाशित भई निर्वाचन कार्यक्रम आरम्भ भै सक्दापनि सप्तरीको सदस्यता नामावली सार्वजानिक हुन नसकेकोमा चाैतारीले दुःख व्यक्त गर्दै यथाशिघ्र निश्पक्षता पूर्वक सदस्यता नामावली प्रकाशन गरी निर्वाचनको वातावरण सहज र निश्चित बनाउन जोडदार माँग गरेकाे छ ।

बैठकमा नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सप्तकाेशी नगरपालिकाका नि: वर्तमान नगरप्रमुख उत्तम शर्मा गाैतम, प्रेस चाैतारी नेपालका पूर्व उपाध्यक्ष मनाेहर पाेखरेल लगायत सहभागी थिए । चाैतारी शाखाले प्रेस बिज्ञप्ती समेत जारी गरि निर्णय सार्वजनिक गरेकाे जनाइएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button