समाज

महिला सशक्तीकरण र घरेलु हिंसा न्यूनीकरणमा सडक नाटक प्रभावकारी

पब्लिक प्रेस ।

पब्लिक प्रेस
, चैत  — संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोग तथा आसमान नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत सप्तरी जिल्लामा आईतवार  सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
मधेश प्रदेशका १२ वटा स्थानीय तहमा सन् २०२४ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले महिला तथा किशोरीहरूको सशक्तीकरण र लैंगिक समानता प्रवर्द्धन गर्ने नेपाल सरकारको सन् २०३० सम्मको लक्ष्यलाई सहयोग पुर्‍याउँदै आएको छ। कार्यक्रमअन्तर्गत लैंगिक हिंसा न्यूनीकरण, प्रतिकार्य तथा महिलाको आर्थिक सशक्तीकरणमा केन्द्रित विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्।


यसै क्रममा “घरभित्रको समानता समृद्धिको आधारको पहिलो पाइला” तथा “शक्ति नबाँडे समृद्धि आउँदैन, सोच नबदले समाज बदलिँदैन” भन्ने मूल नारासहित ‘नयाँ गोरेटो’ शीर्षकको सडक नाटक आइतबार अग्निसाइर कृष्णासवरण गाउँपालिकाको वडा नं. १ अन्तर्गत जन्डोलस्थित कृषि हाट तथा बनौली कृषि हाटमा प्रदर्शन गरिएको हो।
सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम तथा ‘अर्ली एडोप्टर्सको नेतृत्व र सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा ५०० भन्दा बढी दर्शकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।


कार्यक्रम समापनका अवसरमा आसमान नेपालका जिल्ला अधिकृत नविन यादवले मन्तव्य व्यक्त गर्दै महिलाले आफ्ना घरायसी सीपको सदुपयोग गरी परिवारको साथ र सहयोग पाएमा आत्मनिर्भर बन्दै राम्रो आम्दानी गर्न सक्ने सन्देश नाटकमार्फत प्रवाह गरिएको बताए।


उनले घरपरिवारमा श्रीमान्, श्रीमती, छोरा र छोरीबीच समान जिम्मेवारी बाँडफाँड भई सहकार्यको वातावरण बनेमा घरेलु हिंसा तथा कलह न्यूनीकरण हुने र समृद्धि हासिल गर्न सकिने उल्लेख गरे।


उक्त कार्यक्रमले “हरेक घर समृद्ध भएमा समाज र देश नै समृद्ध हुन्छ” भन्ने सन्देश समुदायस्तरसम्म प्रभावकारी रूपमा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button