समाचार

सप्तरी महासंघमा निर्वाचित पत्रकारहरूलाई एमालेद्वारा सम्मान

पब्लिक प्रेस संवाददाता
राजबिराज पुष १० गते ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले एक कार्यक्रमबीच मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ सप्तरी शाखाका नव निर्वाचित पदाधिकारी एवं सदस्य तथा पार्षद सदस्यहरूलाई सम्मान गरेकाे छ । बुधवार राजबिराज मदननगर स्थित पार्टी कार्यालयमा आयोजित नेपाल पत्रकार महासंघकाे २७औ निर्वाचनमा निर्वाचित पत्रकारहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्मान गरेकाे हाे ।

जिल्ला पार्टी उपाध्यक्ष अब्दुल मजिद साकीरकाे अध्यक्षतामा आयोजित साे कार्यक्रममा एमाले पाेलिटब्युराे सदस्य तथा सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेलले गम्छा ओढ्याएर प्रशंसा पत्रले सम्मान गरेकाे थियाे ।
महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्य, केन्द्रीय पार्षद सदस्य, प्रदेश पार्षद सदस्य र प्रदेश उपाध्यक्ष अम्बिका दाहाल साे कार्यक्रममा सहभागी थिइन् ।

  1. filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
    brp_mask:0;
    brp_del_th:null;
    brp_del_sen:null;
    delta:null;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
    brp_mask:0;
    brp_del_th:null;
    brp_del_sen:null;
    delta:null;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

महासंघका अध्यक्ष श्रवण कुमार देव, महिला उपाध्यक्ष सुधा देव, सचिव खगेन्द्र कार्की, सह सचिव कृष्ण कुमार मण्डल, सह सचिव (समावेशी) डम्बर राई, थिए । यस्तै सहभागी हुनेमा सदस्यहरू बृजमान तामाङ्ग, परिष कुमार कर्ण, उत्तम आचार्य, शिव आचार्य, नर्मदेव यादव, राम नारायण यादव, रक्षा चाैधरी, अरूण कुमार यादव थिए । सहभागी हुनेमा केन्द्रीय पार्षद सदस्य मनाेज कुमार माझी थिए भने प्रदेश पार्षद सदस्यहरूमा गणेशलाल देव, शैलेन्द्र झा, नरेश कुमार चाैधरी, लाेकेन्द्र यादव थिए ।

कार्यक्रमका प्रमुख अतिथीकाे आसनबाट प्याकुरेलले पत्रकारहरूले निश्पक्षढंगबाट कलम चलाए मात्र पत्रकारिता मर्यादित हुने बताए । उनले पत्रकारहरू प्रति आफू सधै नजिक रहेको बताउदै भने पत्रकारहरूकाे सुरक्षा र पेशागत सुरक्षा र पत्रकारकाे समग्र बिकासका लागि सहयाेग पुर्याउने वचन बद्धता गरे ।

यस्तै महासंघ अध्यक्ष श्रवण कुमार देवले पत्रकारहरूकाे बिकास बृद्धीमा आफ्नो चिन्ताको बिषय बनेको बताउदै भने पुन: म याे कार्यकालमा गरेर देखाउछु । श्रमजिवी पत्रकारहरूकाे न्यायका लागि जे जस्ताे परिस्थितिमा पनि आफू डटीलड्ने छु याे पहिलाे कार्यकालमा पनि प्रयासरत थिए र अब झनै लाग्छु अध्यक्ष देवले कडादिए । उनले आफुहरुलाई कार्यक्रमबीच बधाई तथा शुभकामना सहित सम्मान गरकाेप्रति एमालेलाई धन्यवाद सहित कृतज्ञता प्रदान गर्दै केन्द्रीय, प्रदेश सरकारबाट पत्रकारहरूका बिकासका लागि सहयाेगकाे अपेक्षा राखेकाे नेता प्याकुरेललाई सुल्झाए ।

प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, प्रेस चाैतारी नेपालका सदस्य खगेन्द्र कार्की, प्रेस युनियन नेपाल सप्तरी शाखाका अध्यक्ष बिनयलाल कर्ण लगायतले आ आफ्ना बिचार धारणा ब्यक्त गरेका थिए । एमाले सहसचिव अखलेश झाद्वारा संचालन कार्यक्रमलाई सचिव देवनाथ यादवले स्वागत मन्तब्य दिएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button