समाचार

प्रहरीद्वारा गाडी सहित गाँजा पक्राउ

पब्लिक प्रेस संवाददाता
राजबिराज मंसीर ४ गते ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरले १७ क्विन्टल १७ किलो लागु औषध गाँजा टिपर र टिपर चालक सहित पक्राउ गरेकाे छ ।

जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेना शनि मन्दिर स्थित भित्रि सडक खण्ड पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेकाे को१ ख ६५०३ नम्बरको टिपर गाडिलाई चेकजाँच गर्ने क्रममा ढुङगा र बलुवाले छोपी लुकाई ल्याएको लागु औषध गाँजा ५६ बोरा साेमबार फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती अनुसार, राति पाैने १० बजेको समयमा इप्रका कल्याणपुर सप्तरीबाट प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्डमा खटिएका प्रहरी टोलिले बिशेष सुचनाका अधारमा गाडी चेक जाँच गर्दा उक्त सामान फेला परेकाे हाे । नियन्त्रणमा लिएका जिल्ला धनकुटा शहिदभुमि गाँउपालिका वडा नम्बर ३ बस्ने टिपर गाडी चालक बर्ष ३३ को यमजित राई, र गाँजा सहितलाई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको व्यहोरा बिज्ञप्तीमा खुलाइएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button