पब्लिक प्रेस ।
सिरहा । जनमत पार्टीको दोस्रो महाधिवेशनमा सिरहाका ३८ वर्षीय निर्मल कुमार मण्डलले राष्ट्रिय उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मिर्चैया नगरपालिका–१० निवासी तथा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य मण्डलले मधेश आन्दोलन, स्वराज तथा किसान आन्दोलनदेखि पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
मधेशका अधिकार, पहिचान र किसानका सवालमा लामो समयदेखि सक्रिय मण्डल समाजसेवा तथा राजनीतिमा समेत क्रियाशील छन्। उनले मधेश प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार तथा पार्टीका विभिन्न गतिविधिमा जिम्मेवारीपूर्वक काम गरेको बताएका छन्।
राष्ट्रिय उपमहासचिवमा निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता, कार्यकर्ता क्षमता विकास र संगठन विस्तारलाई प्राथमिकता दिने मण्डलले बताएका छन्।
0 Less than a minute










