समाचार

प्रमुख प्रहरी नायव उपरिक्षक काफ्लेसँग सफल कार्यकालको शुभकामना आदानप्रदान

 

पब्लिक प्रेस ।
तिरहुत गाउँपालिका वडा नं ४, डिमन चौकीमा सप्तरी जिल्लाको कञ्चनपुर इलाका प्रहरी कार्यालयका DSP माधब काफ्लेको सफल कार्यकालको शुभकामना आदानप्रदान कार्यक्रम स्थानिहरू सम्पन्न गरिएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समुदायका प्रतिष्ठित व्यक्तिहरू, सुरक्षा कर्मीहरू र अन्य आम नागरिकहरूको उपस्थिति थियो। सहभागीहरूले DSP काफ्लेको कार्यकालको प्रशंसा गर्दै उहाँको योगदान र नेतृत्वले शान्ति सुरक्षा सुदृढीकरणमा पुर्‍याएको भूमिका उच्च मूल्यांकन गरेका थिए।

DSP माधब काफ्लेले कार्यक्रममा आफ्नो अनुभव र भावनाहरू व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउनुभएको छ। उहाँको सफल कार्यकालको स्मरण गर्दै उपस्थित सबैले उहाँप्रति कृतज्ञता व्यक्त गरे।

यो कार्यक्रमले समुदाय र सुरक्षा निकायबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिइएको छ। DSP माधब काफ्लेसरलाई आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button