नेपाली सेनाप्रतिनिधिसभा निर्वाचन

सप्तरी कडा सुरक्षा घेरामा, नेपाली सेना पूर्ण परिचालन

नविन यादव निर्भय ।

 

आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले बुधबार देखि नेपाली सेनाको औपचारिक परिचालन गरिएको छ। निर्वाचन अवधिभर शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीका साथ नेपाली सेना मैदानमा खटिएको हो।सप्तरी जिल्लामा तैनाथ नेपाली सेनाको श्री बरख गणले बुधबार देखि जिल्लाका विभिन्न संवेदनशील तथा रणनीतिक स्थानहरूमा सक्रिय रूपमा सुरक्षा जिम्मेवारी सम्हालेको जनाएको छ। नागरिकहरूलाई सुरक्षित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सुनिश्चित गर्नु सेनाको प्रमुख दायित्व रहने बताइएको छ।
निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय प्रक्रियामा नेपाली सेनाको उपस्थितिलाई सुरक्षाको बलियो आधारका रूपमा हेरिएको छ। विगतदेखि नै प्राकृतिक विपद्, राष्ट्रिय संकट तथा विशेष सुरक्षात्मक जिम्मेवारीमा उच्च अनुशासन, पेशागत दक्षता र राष्ट्रप्रतिको समर्पण देखाउँदै आएको नेपाली सेनाले यसपटक पनि निर्वाचन सुरक्षामा दृढ, संयमित र प्रतिबद्ध भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
सुरक्षा निकायहरूबीच समन्वय गर्दै निर्वाचन प्रक्रियालाई कुनै पनि किसिमको अवरोध, डर, त्रास वा अराजक गतिविधिबाट मुक्त राख्न सेना सजग अवस्थामा रहेको स्रोतले जनाएको छ। जिल्लावासीलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वानसमेत गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button