पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका– २ भुर्कीमा चट्याङ लागेर २ वटा भैंसीको मृत्यु भएको छ ।
अग्नीसाइर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीको गोठमा रहेको भैंसी आइतबार राती हावाहुरी सँगै झरेको चट्याङ लागेर मृत्यु भएको हो ।
झरेको चट्याङबाट गोठमा बाँधेको २ वटा भैंसीको मत्यु भएको वडा अध्यक्ष चौधरीले बताए । चट्याङबाट एउटा दुधदिने भैंसी र एउटा पाडीको घटना स्थालमै मृत्यु भएको चौधरीले जानकारी दिए ।
भैंसी मर्दा २ लाखभन्दा बढीको क्षति भएको चौधरीले बताए ।










