समाचार

महादेवा गाउँपालिकामा रोजगार सहायक पदमा आर्थिक चलखेलको आरोप, अख्तियारमा निवेदन दर्ता

पब्लिक प्रेस ।
सप्तरीको महादेवा गाउँपालिकामा रोजगार सहायक तथा प्राविधिक सहायक पदमा आर्थिक चलखेल गरी अयोग्य व्यक्तिलाई नियुक्त गरिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा १३ गते विस्तृत छानबिन तथा कारबाहीको माग गर्दै निवेदन दर्ता गरिएको छ।

निवेदनमा प्रमुख प्रशासकीय अधिकृत राज किशोर साह, स्वास्थ्य शाखा संयोजक बृहस्पति राम, जिन्सी शाखा प्रमुख योगेन्द्र सेठ तथा गाउँपालिका अध्यक्ष सुनिल कुमार मंडलको संलग्नतामा छनौट प्रक्रिया मापदण्डविपरीत गरिएको दाबी गरिएको छ।

दर्ता गरिएको निवेदनको दर्ता नम्बर ०७०८०१ रहेको छ। अख्तियारले यस विषयमा अनुसन्धान अघि बढाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button