समाचार

नेपाल पत्रकार महासंघ सप्तरीमा पुनः देव

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर २९ गते ।
सप्तरीमा प्रेस चाैतारी नेपाल, प्रेस युनियन नेपाल र प्रेस समाजवादी संगठनका संयुक्त प्यानलबाट उपाध्यक्ष र आदिवासी जनजाती कोटाका सदस्य बाहेक सबै बिजयी भएका छन् । श्रवण कुमार देव नेतृत्वकाे प्यानलमा पदाधिकारी तर्फ उपाध्यक्ष (महिला) मा सुधा देव, सचिव खगेन्द्र कार्की, सह सचिव खुल्लामा कृष्ण कुमार मण्डल, सह सचिव (समावेशी) मा डम्बर राई र काेषाध्यक्षमा नवीन कुमार गुप्ता निर्वाचित भएका छन् ।

यसैगरी सदस्य तर्फ निर्वाचित हुनेमा मधेशी काेटामाअरूण कुमार यादव, अन्य समावेशीमा परिष कुमार कर्ण र खुल्लामा उत्तम आचार्य, नर्मदेव यादव, राम नारायण यादव र शिव आचार्य छन् ।

मनाेज कुमार माझी र सतिष कुमार दत्त राष्ट्रिय परिषद सदस्यमा निर्वाचित हुनुभएका छन् भने प्रदेश परिषद सदस्यमा अरूण कुमार तिवारी, गणेशलाल देव, नरेश कुमार चाैधरी, पवन कुमार मिश्र, लाेकेन्द्र प्रसाद यादव र शैलेन्द्र झा निर्वाचित भएकाे निर्वाचन प्रमुख बैधनाथ यादवले जानकारी दिनुभयाे ।

प्रेस मञ्च र प्रेस सेन्टर प्यानलकाे बैधनाथ यादव भन्दा ८ मतकाे फरक अन्तरले अध्यक्ष पदमा देव निर्वाचित भएकाे हाे । देवले ४५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै उपाध्यक्ष महिलामा प्रतिद्वन्दी प्यानलका मञ्जु यादवलाई २२ मतकाे फरक अन्तरले सुधा देवले उछिनिन् भने सचिवमा खगेन्द्र कार्कीले १५ मतले जितेन्द्र कुमार झालाई पछाडी पार्नु भएकाे हाे । सुधाले ५३ र कार्कीले ४९ मत प्राप्त गर्नुभएकाे छ ।

सह सचिव तर्फ कृष्ण कुमार मण्डलले ४९ मतकाे फरक अन्तरमा उहाँकाे प्रतिद्वन्दी दिनानाथ यादवलाई पछाडी पारेका छन् भने समावेशी सह सचिवमा डम्बर राईले बिधानन्द रामलाई ५ मतले उछिनेर निर्वाचित हुनुभएकाे हाे ।
चाैतारी, युनियन र समाजवादी प्यानलका उपाध्यक्ष अनिल कुमार पाेखरेल गाेला प्रणालीमा पराजित हुनु भएकाे छ । ४२ मत बराबरी आएपछी गाेलामा उहाँकाे प्रतिद्वन्दी राम नारायण बिश्वासले टस जितेकाे निर्वाचन समितिले जनाएकाे छ ।
आदिवासी जनजाती सदस्यमा बृजमान तामाङ्ग,महिला सदस्यमा रक्षा चाैधरी, दलित सदस्यमा किशाेर कुमार पासवान र राष्ट्रिय परिषद महिला सदस्यमा ढमला भट्टराई निर्विराेध भएका थिए ।
सप्तरी शाखामा ८४ वटा मत खसेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button