समाचार

कपिलवस्तु लोकतान्त्रिक खेलकुद संघको जिल्ला समिति बिस्तार

धर्मेन्द्र कुमार कुर्मी विजयनगर

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति लुम्बिनी प्रदेश कपिलवस्तुको बिस्तार गरिएको हो। नेपाली काँग्रेस पार्टीको भातृ संगठन लोकतान्त्रिक संघका जिल्ला अध्यक्ष पदम प्रताप सेनले समिति बिस्तार गरेका हुन ।

 

बिस्तारित समिति २३ सदस्यीय पुगेको छ । संघको उपाध्यक्षमा नारायण अर्याल, कालिका उपाध्याय, मोहम्मद सरिफ मुसलमान र सचिवमा रण बहादुर क्षेत्रीलाई मनोनयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा बम बहादुर कुँवर, सहसचिवमा नवराज पौडेल, बिन्दु शाहनी क्षेत्री, दिपक थारु र गणेशलाल कर्ण चयनमा परेका छन् ।

सदस्यहरुमा क्रमशः उमानाथ पोख्रेल, कोपिला थापा, वेद प्रकाश भुसाल, संगिता पोख्रेल, माधुरी ओली गिरी, दिप कुमार केवट, केशव थापा, मैनुद्दिन मुसलमान, राकेश तिवारी, अहमद हुसेन, अब्दुल जाहिद, बिशेन्द्रसिंह रावल र हरिबहादुर गुरुङ्ग मनोनयनमा परेका छन् । खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्धेश्यका साथ खेल क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई संघमा मनोनयन गरी जिल्ला कार्यसमिति बिस्तार गरिएको संघका जिल्ला अध्यक्ष सेनले जानकारी दिएको हो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button