समाचार

मनकामना सहकारी लाई आयोगद्वारा लिखित जवाफ माग

सप्तरी ।

कैलास माझी ।

सूचनाको हक हनन गर्ने मनकामना सहकारीलाइ राष्ट्रिय सूचना आयोगले ७ दिन भित्र लिखित जवाफ पठाउन आदेश दिएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित रहेको मनकामना बहुमुखी सहकारी संस्था लि.को कार्यालयलाई आयाेगले आदेश दिएकाे हाे ।
पत्रकार एवं उत्कृष्ट सूचना अभियन्ता (२०७९) कैलाश माझीले आयोगमा गरेको पुनरावेदन माथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्त कमला ओली थापा र आयुक्त रत्नप्रसाद मैनालीको संयुक्त इजलासले भदौ १३ गते सूचनाको हक सम्बन्धि ऐनको दफा १०(२) बमोजिम सो आदेश दिएको हो।
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सुचनामा पहुँच हुनेछ, भनी कानुनी प्रत्याभुती प्रदान गरेको छ । साथै नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार कुनै पनि सार्वजनिक निकायबाट सम्पादन हुने अथवा कुनै पनि सार्वजनिक महत्त्वको काम वा निर्णय संग सम्बन्धित कुनै पनि लिखित सामग्री वा जानकारीको प्रमाणित प्रतिलिपी लिन सार्वजनिक निकायका सुचना अधिकारी समक्ष निवेदन दिएर सुचनाको प्रतिलिपी पाउने कानुनी प्रावधान उल्लेख रहेको छ् । बिगत लामो समय देखि सूचनाको हक कार्यान्वयन, भ्रष्टाचार न्युनिकरण लगायत सुशासनको क्षेत्रमा कार्यरत पत्रकार माझीले जनतालाई सुसूचित गराउने र भ्रष्टाचार न्युनिकरण गर्ने लगायतका प्रयोजनका लागी नेपालको संविधान (२०७२) को भाग ३ धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐैन २०६४ को दफा ३ र ७ बमोजिम मनकामना सहकारी संग विभिन्न ७ बुदाहरुमा इमेल मार्फत सुचना माग गरेका थिए।
पत्रकार एवं सूचना अभियन्ता माझिले मनकामना सहकारीकाे भगनी डिपोका कर्मचारी राजेन्द्र खडगाले मलखाद मागेकै कारण मल दिनुको सट्टा सेवाग्राहीलाइ गालिगलौज गरेकाे कारण,
कृषक हरुले मलखाद लिन अपनाउनुपर्ने प्रक्रिया जस्ता सूचना माग गरेका थिए । यस्तै सर्वसाधारण कृषक लाई मलखाद मागेकै कारण दुर्ववहार गरिरहदा संस्थाले कारवाही गर्ने कि नगर्ने भन्दै प्रश्नकाे जवाफ माग गर्नुभएकाे छ । यस्तै साे सहकारीकाे सूचना अधिकारी नियुक्त गरेकाे प्रमाण र आफ्ना कर्मचारीका लागि सूचनाकाे हककाे उपयुक्त तालिम र प्रशिक्षणको ब्यबस्था गरे/नगरेकाे बारे जानकारीसमेत माग गरेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button