समाचार

मिडिया उद्यमी माथिको गिरफ्तारी अशोभनीय : अध्यक्ष भट्ट

पब्लिक प्रेस संवाददाता

काठमाडौं। सूचना तथा सञ्चार क्लब नेपालका अध्यक्ष कृष्णानन्द भट्टले कान्तिपुर पब्लिकेसन्स लिमिटेड तथा कान्तिपुर टेलिभिजन नेटवर्कका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्नु निन्दनीय अक्रमाण्यताको पराकाष्ठा भएको बताएका छन्। प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई कार्यालय भित्र पसेर कार्यकक्षबाटै गिरफ्तार गर्नु अशोभनीय र निन्दनीय छ। यो गलत कार्यले सिंगो मिडिया क्षेत्रलाई नै आंतकित बनाएको छ `राज्यले कुनै पनि नागरिकमाथि अनुसन्धान गर्न पाउँछ तर अनुसन्धानको पनि निश्चित विधि र पद्धति छ। एउटा प्रतिष्ठित मिडिया हाउसको अध्यक्षमाथि जुन ढंगले कार्यकक्षबाटैआतंककारीलाई झै पक्राउ गरेको छ यो अत्यन्त निन्दनीय घटना हो र सिंगो मिडिया क्षेत्रलाई नै आतंकित बनाउने काम भएको छ, यो कार्यको घोर विरोध गर्दछौ’ संसारमा मिडिया हाउसमाथि प्रहरी हस्तक्षेपको गलत अभ्यास मानिन्छ! यो असभ्यताको पराकाष्ठा हो र निन्दनीय घटना हो। मिडिया हाउसलाई आतंकति गर्ने, राज्य होस् या गैर राज्य होस यो अभ्यासलाई सही भन्न सकिदैन जुन ढंगले आज कान्तिपुर मिडिया हाउसमाथिको प्रहरी हस्तक्षेपले शंका गर्ने ठाउँ निम्त्याएको छ। देशको प्रतिष्ठित मिडियामाथि राज्य नै खनिनु दुर्भाग्य हो, अनुसन्धानका लागि बोलाउन मिल्छ तर कार्यालय मै प्रवेश गरेर गिरफ्तारी गर्नु राज्यको दादागिरी हो, सूचना तथा सञ्चार क्लब नेपालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, यसले राज्यको गैर चरीत्र उदाङ्गो भएको छ। राज्यले सही चरीत्र देखाओस भन्ने हाम्रो चाहना हो। यो घटनाले राज्यको नियत उदाङ्गो भएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button