धर्मसमाज

साहित्यकार तथा समाजसेवी कवियत्री करुणा झाद्वारा व्रतालु महिलालाई साडी वितरण

नविन निर्भय यादव
राजविराज, । हिन्दुहरूको महान पर्व छठपर्वको पावन अवसरमा साहित्यकार, समाजसेवी तथा कवियत्री करुणा झाले व्रतालु महिलाहरूलाई साडी वितरण गरेकी छिन्।

छठ पर्वको पहिलो दिन अर्थात् ‘नहाय–खाय’को अवसर पारेर शनिबार सीएफएम परिसरमा आयोजित कार्यक्रममा ५० जना व्रतालु महिलालाई साडी वितरण गरिएको हो।

कार्यक्रमबारे जानकारी दिँदै झाले भनिन् कि उनले विगत १५ वर्षदेखि निरन्तररूपमा छठ पर्वका अवसरमा गरिब तथा निःशक्त महिलाहरूलाई मात्र साडी वितरण गर्दै आएकी छन्।

उनले भनिन्, “छठ पर्व श्रद्धा, आस्था र पवित्रताको प्रतीक हो। यस पर्वमा व्रतालु महिलाको समर्पण र विश्वासले समाजमा सकारात्मक सन्देश दिन्छ।”

छठ पर्वको सुरुवाती दिनमै यस्तो मानवीय कार्य गरी झाले सामाजिक चेतना र सहानुभूतिको उदाहरण प्रस्तुत गरेको स्थानीय महिलाहरूले बताएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button