धर्म

परमार्थ कुन्ज धाम विस्तारका लागि श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुँदै

नविन यादव निर्भय
रुपन्देही — परोपकार कुन्ज धामको विस्तार तथा धार्मिक–सामाजिक सेवाका कार्यक्रमलाई सशक्त बनाउने उद्देश्यले श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ आयोजना गरिने भएको छ।
राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा आयोजना हुने उक्त महायज्ञ फाल्गुण ०६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रम बुटवल–१५, सेमलार चक्रपथ, भाटा प्रगति टोलमा सम्पन्न हुनेछ।
महायज्ञमा भागवत गुरुदेव कमल नयन गौतमले कथा वाचन गर्नुहुनेछ। धार्मिक अनुष्ठानमार्फत संकलित सहयोग रकम परोपकार कुन्ज धामको पूर्वाधार विस्तार तथा सेवा कार्यमा खर्च गरिने जनाइएको छ।
आयोजकले धर्मप्रेमी, श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई महायज्ञमा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ। “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महायज्ञले समाजमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै परोपकारी कार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button