समाचार

रायुसंघ सप्तरीको अध्यक्षमा गोठिया

पब्लिकप्रेस संवाददाता
राजविराज।नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीको आठौं जिल्ला अधिवेशनबाट अशोक यादव(गोठिया)को नेतृत्वमा सर्वसम्मत ४७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ।जसको उपाध्यक्षमा बिकास ईसर,सचिवमा उज्ज्वल अधिकारी,सह-सचीवमा निशु विश्वकर्मा र बिजयराज श्रेष्ठ तथा कोषाध्यक्षमा रन्जन कुमार रजक निर्वाचित भएका हुन ।

शनिबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा संघका केन्द्रिय इन्चार्ज तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा उक्त अधिवेशनको उद्घाटन सम्पन्न भएको थियो।उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले मुलुकलाई समृद्ध बनाउन एमालेको विकल्प नरहेको बताएका छ्न।उनका अनुसार एमाले नेतृत्वको साढे तिनवर्षे सरकारले देशको बिकास निर्माणलाई तीव्र गतिमा अगाडी बढाउन थालेपछि एमाले रोक्न सबैखाले प्रतिक्रियावादी तत्वहरु सक्रिय भएका छ्न।तर जनताले एमालेलाई साथ दिएकै कारण मतका आधारमा एमाले देशको पहिलो पार्टी बनेको हो।उनले केपी ओलि नेतृत्वको सरकारले देशमा सुरुङमार्ग,रेलमार्ग,सिंचाइ आयोजना,अन्तर्राष्ट्रिय बिमान स्थल,शहरी बिकास,बन्दरगाह लगायत राष्ट्रिय गौरवका आयोजनाहरु ल्याएको बताए ।

यसैगरी विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले सप्तरी एमाले मजबुत रुपमा अगाडि बढिरहेको बताए ।उनका अनुसार सप्तरी कम्युनिस्ट आन्दोलनको उर्वर भुमि भएकाले रायुसंघको नयाँ नेतृत्वले ०८४ को निर्वाचनमा पार्टीलाई सफलता दिलाउन गतिशील हुने अपेक्षा राखेको बताए ।

उक्त अधिवेशनको अध्यक्षता चितरंजन यादव र सञ्चालन सरोज राना मगरले गरेका थिए ।त्यस्तै,राष्ट्रिय युवा संघका मधेस प्रदेश सदस्य जियाउल्ल रहमानले स्वागत मन्तव्य दिएका थिए ।रायुसंघको केन्द्रिय अध्यक्ष क्षितिज थेबे,महासचिव सुमनपुरी,उपाध्यक्ष कृष्णहरि केसी,उपाध्यक्ष सिता सुवेदी,एमाले सप्तरी अध्यक्ष ताराकान्त चौधरी,रायुसंघको मधेस प्रदेश अध्यक्ष लव अधिकारी र प्रदेश इन्चार्ज मनिष श्रेष्ठले सम्बोधन गरेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button