पब्लिक प्रेस
राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी ब्यारेज पुलको मुनि एक पुरुषको शव फेला परेको छ ।
नदीको उत्तर साईडको ढोकामा बुधबार बेलुका नाम थर वतन नखुलेको अन्दाजी ४५/५० बर्षको एक पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।
पानीमा घोप्टो परी कुहिएको अवस्थामा रहेको खबर स्थानीयले गर्ने साथ इलाका प्रहरी कार्यालय भारदहबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोबिन्द घिसिङको कमाण्डमा टोली गएको थियो ।
शवलाई पानीबाट बाहिर निकाली कानुनी सबै प्रक्रिया गरि पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढाइएको डिएसपी काफ्लेले बताए ।










