समाचार

जन्म दिनकाे उपलक्षमा गरीव,विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण

डम्बर राई 

राजबिराज ।
सप्तरीकाे राजबिराजबाट प्रकाशित पब्लिक प्रेस दैनिकका प्रकाशक, सम्पादक नवीन निर्भय यादवले आफ्नो २९ औ जन्मदिनकाे उपलक्षमा शैक्षिक सामाग्री बितरण गरेका छन ।

तिलाठी काेईलाडी गाँउपालिका वडा नम्बर ७ सडेपार स्थित राम टाेलका १९ घरपरिवारकाे ३० जना बालबालिकाहरूलाई कपि,पेन्सिल,कटर मिसिन, बितरण गरेकाे हाे ।
हरेक ब्यक्तिले आफ्नो जन्मदिन मनाउने क्रममा हजाराै खर्चिने गर्छ चाहे रमाइलाेकाे सवालमा हाेस् वा खानेपिउने तर त्यसकाे साव्दिक अर्थ छैन यादवले भने साेही खर्च एउटा गरिब बिपन्न परिवारमा पुग्यो भने उद्दारकाे काम हुन्छ । उनीहरूले जे सहयाेग पाउछ केहिदिन वा समयका लागि उपकार हुन्छ । यहि मनसायबाट यादवले जन्मदिनकाे उपलक्षमा ३० जना बालबालिकाहरूलाई ज्ञान आर्जनमुखी सामाग्री दिएकाे स्थानिय बिनाेद यादवले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button