समाचारसमाज

सहायता कक्षद्वारा २८ जनालाई आर्थिक सहयोग र न्यायमा पहल

 

पब्लिक प्रसे 

धनुषा ।
डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मधेस प्रदेशमा गठन गरेको मानव अधिकार सहायता कक्षले सन् २०२५ मा मानव अधिकारका घटनामा पीडित २८ जनालाई आर्थिक सहयोग प्रदान गर्नुका साथै न्यायमा पहुँचका लागि विभिन्न निकायमा पहल गरेको छ ।
मानव अधिकार सहायता कक्षको २०८२ पुस १६ गते जनकपुरधाममा आयोजित सहायता कक्षको बैठकमा इन्सेकका प्रदेश संयोजक राजु पासमानले उक्त तथ्यांक सार्वजनिक गर्नु भयो । उहाँका अनुसार बलात्कारका १५ जना, बलात्कार प्रयासका पाँच जना, यौन दुव्र्यवहारका एक जना, अपहरण पछि बलात्कार र हत्या गरिएका घटनाका दुई जना तथा दाइजो र घरेलु हिंसाका पाँच जना पीडितलाई न्यायका लागि पैरवी गर्दै आर्थिक सहयोग गरिएको हो ।
संयोजक पासवानले सहयोग प्राप्त गर्ने २८ जनामध्ये आठ जना दलित समुदायका रहेको बताउनु भयो । त्यस्तै १३ जना मधेशी, पाँच जना जनजाति तथा दुई जना मुस्लिम समुदायका पीडित रहेका छन् ।

मानव अधिकार सहायता कक्षका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न पाँचौँ बैठकमा इन्सेक प्रदेश संयोजक पासवानले जिल्लागत घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार सप्तरीका दुई जना, सिरहाका तीन जना, धनुषाका पाँच जना, महोत्तरीका सात जना, सर्लाहीका नौ जना र रौतहटका दुई जना गरी विभिन्न जिल्लाका पीडितलाई आर्थिक सहयोग तथा न्यायमा पहुँचका लागि निरन्तर पैरवी गर्दै आएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button