समाचार

अभद्र व्यवहारका आरोपमा १ जना पक्राउ

पब्लिक प्रेस ।
सप्तरी,
जिल्ला प्रहरी कार्यालय सप्तरीले अभद्र व्यवहारको आरोपमा ३० वर्षीय विक्की सिंहलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार,आशिन २६ गते बिहान १ बजे विक्की सिंहले जाहेरवला गाईलाई गर्भ राख्न खोज्ने बहानामा घरबाट निस्किएका बेला राजविराज नगरपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि एक व्यक्तिसँग झगडा गरेका थिए। प्रतिवादीले १० हजार रुपैयाँ माग्दा नदिएको कारण उनले गाली–गलौज र कुटपिट गरेका थिए।

घटनापछि पक्राउ परेका विक्की सिंह जिल्ला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का मूल निवासी हुन् र हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका छन्। उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीका अनुसार, अनुसन्धान जारी रहेको र आवश्यक कारबाही अघि बढाइरहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button