समाचार

शोषकहरू फेरि फर्किँदै, सप्तरी–२ मा सामन्तवादीविरुद्ध आक्रोश

पब्लिक प्रेस
राजनीतिक इतिहास सामन्तवादी सोच, संरचना र प्रवृत्तिविरुद्धको निरन्तर संघर्षले भरिएको छ। चाहे राजतन्त्रकाल होस् वा प्रजातन्त्रकाल, सामन्तवादी शक्तिहरूले सधैँ जनतामाथि शोषण, दमन र अन्याय गर्दै आएको इतिहास साक्षी छ। यही अन्यायका विरुद्ध नेपाली जनता—विशेषगरी हाम्रा बुबा–दादा र अग्रज पुस्ता—लड्दै, जेल बस्दै र बलिदान दिँदै अघि बढे।
त्यही लामो संघर्षको परिणामस्वरूप देश लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो। तर जनताले उठाइरहेको आजको गम्भीर प्रश्न के हो भने—
के सामन्तवादी सोच र प्रवृत्ति साँच्चिकै समाप्त भएको हो?
इतिहासले देखाएको छ, सामन्तवादीहरू सत्तामा पुगेका हरेक कालखण्डमा गरिब, किसान, मजदुर, दलित र सीमान्तकृत समुदाय सबैभन्दा बढी पीडित बने। विकास र परिवर्तनका नारा दिए पनि व्यवहारमा जनताको अधिकार कुण्ठित गर्ने र स्रोत–साधन कब्जा गर्ने प्रवृत्ति दोहोरिँदै आएको छ।
यसैबीच, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पनि बहस चर्किएको छ।
नेपाल कम्युनिष्ट पार्टी (तारा छाप) का तर्फबाट सूर्यनाथ यादवको नाममा सुभाष यादवलाई अघि सारिएको विषय जनआन्दोलन र सामन्तवादविरुद्धको लामो संघर्षसँग जोडेर प्रश्न उठाइएको छ।
स्थानीयवासी तथा सचेत नागरिकहरूको भनाइमा, जनताले लडेर ल्याएको लोकतन्त्र सामन्तवादी सोच बोकेकाहरूको लागि कुर्सी प्राप्त गर्ने माध्यम बन्नु हुँदैन। राजनीति जनताको सेवा र अधिकार सुनिश्चित गर्ने माध्यम हुनुपर्नेमा, पुनः शोषण र प्रभुत्वको साधन बन्न लागेको चिन्ता व्यक्त गरिएको छ।
उनीहरूका अनुसार अबको आवश्यकता भनेको सामन्तवादी प्रवृत्तिलाई राजनीतिबाट विस्थापित गर्नु, जनमुखी, उत्तरदायी र परिवर्तनकारी नेतृत्व छान्नु र जनताको बलिदानको सम्मान हुने निर्णय गर्नु हो।
इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ ।
सामन्तवादीहरूलाई सत्ताको कुर्सी सुम्पिँदा, जनतामाथि फेरि शोषणको चक्र दोहोरिन्छ।
अब लोकतन्त्र जोगाउने कि कमजोर बनाउने भन्ने निर्णय जनताको मतबाट हुने स्थानीय जानकारहरूको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button