समाचार

सिके राउत सचिवालयको आग्रह: पार्टी निर्देशन र अनुशासनको पालना अनिवार्य

 

पब्लिक प्रेस ।

सिके राउत सचिवालयले पार्टीका सम्पत्ति, दस्तावेज, र अनुशासनको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सबै सदस्यहरूलाई पार्टीको निर्देशन र अनुशासनको पालना गर्न आग्रह गरेको छ। सचिवालयले पार्टीका हरेक रजिस्टर, माइन्यूट, डाटा, दस्तावेज, लेटर हेड, छाप, सदस्यता ठेली, बैंक खाता, लेवी रकम, कार्यालयका फर्निचर लगायतका चलअचल सम्पत्ति पार्टी तथा नेपाल सरकारको सम्पत्ति भएको स्पष्ट पारेको छ।

सचिवालयले जिम्मेबारीमा रहँदा यी सम्पत्तिहरूको दुरुपयोग नगर्न र जिम्मेबारीबाट हट्दा सम्पत्तिहरू पार्टीलाई हस्तान्तरण गर्नुपर्ने अनिवार्यता औंल्याएको छ। यस्तो नगर्नु भनेको ठगी र आपराधिक विश्वासघात भएको सचिवालयले जनाएको छ। पार्टीमा आबद्ध हुँदा अनुशासनको पालना सबै सदस्यहरूको दायित्व भएको सचिवालयले जोड दिएको छ।

सचिवालयले उदाहरण दिँदै भनेको छ, “मानौं कुनै बैंकमा काम गर्दा बैंकको लेटरहेड र छाप दुरुपयोग गर्दै पत्र लेख्ने, बैंकको रजिस्टर वा चेकबुक नफर्काउने, बैंकको नाममा पैसा संकलन गरेर आफैं राख्ने, वा ग्राहकको डाटा आफ्नो प्रयोजनका लागि प्रयोग गर्ने काम गरेमा के हुन्छ?” सचिवालयले यस्ता कार्यहरू गैरकानूनी हुने र संगठनमा पनि त्यही नियम लागू हुने स्पष्ट पारेको छ।

पार्टीले अनुरोध गर्दा अटेरी गर्ने, अनुशासनहीनता प्रदर्शन गर्ने, लेवी उठाएर पार्टीलाई नबुझाउने, ठेलीहरू नफर्काउने, पार्टीको लेटरहेड र छापको दुरुपयोग गर्दै पत्र काट्ने, पार्टीको डाटा वा दस्तावेज संगठनको अनुमतिविना निजि प्रयोजनका लागि प्रयोग गर्ने वा अरूलाई दिने कार्यहरूलाई सचिवालयले गैरकानूनी ठहर गरेको छ।

सचिवालयले पार्टीका सम्पत्तिहरूको दुरुपयोग रोक्न र अनुशासनको पालना सुनिश्चित गर्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। सचिवालयले सबै सदस्यहरूलाई पार्टीको निर्देशन र अनुशासनको पालना गर्न आग्रह गर्दै संगठनको हितमा काम गर्न प्रेरित गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button