समाचार

कञ्चनरुपमा नीति तथा कार्यक्रम सम्पन्न

डम्बर राई
कञ्चनरुप असार १० गते ।

सप्तरी कञ्चनरुप नगरपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम बजेट पारीत भएकाे छ । साेमबार नगरसभाहलमा आयोजित दशाै अधिवेशन २०८१ नीति तथा कार्यक्रम बजेट बक्तव्य समाराेहबीच पारित भएकाे हाे । पारित नीति तथा कार्यक्रम जनमुखी रहेकाे सभामा प्रस्तुत भएकाे छ ।

आर्थिक वर्ष २०८१/०८२ काे लागि प्रस्तावित बजेटमा ६८ कराेड ७९ लाख ९९ हजार ५ सय रहेकाे प्रस्तुत भएकाे छ । यसमा संघिय र प्रदेश राजश्व बाँडफाँड चालु, विशेष र अनुदान समेत समेटिएकाे छ । जसमा चालू तर्फ ४३ कराेड ६६ लाख ९९ हजार ५ सय रुपैयाँ छ जुन कुल बजेटकाे ६३.४७ प्रतिशत र पूँजिगत तर्फ २५ कराेड १३ लाख छ याे कुल बजेटकाे ३६.५२ प्रतिशत हाे । चालू तर्फकाे बजेटलाई सत प्रतिशत मानी सञ्चालन तर्फ १५ कराेड २ लाख जुन कुल चालू बजेटकाे ३४.३९ प्रतिशत रहेकाे छ भने विभिन्न सञ्चालन तर्फ २८ कराेड ६४ लाख ९९ हजार ५ सय छ । याे कुल चालू बजेटकाे ६५.६० प्रतिशत हाे ।
यस्तै पूँजिगत तर्फकाे कुल बजेट २५ कराेड १३ लाख मध्ये संघिय र प्रदेश ससर्त , समपुरक र बिशेषमा जम्मा ८ कराेड ९३ हजार रुपैयाँ छ । जसकाे याेजना संघ र प्रदेशबाटै प्राप्त हुनेहुँदा स्थानिय तहबाट विनियाेजन गरीरहनु नपर्ने उल्लेख छ ।
नगर उपप्रमुख मुना पाेखरेलकाे अनुपस्थितिका कारण वडा ३ का जेष्ठ वडाध्यक्ष गुल्टेन चाैधरीलाई सहयाेग गर्दै ८ नम्वर वडाध्यक्ष कृष्ण कुमार साहद्वारा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रममा समानिकरण र स्थानिय आयबाट प्राप्त जम्मा रकम १७ कराेड २० लाख सत प्रतिशत मानेर बजेट विनियाेजन भएकाे छ ।
समपुरक तर्फ २ कराेड, वडास्तरिय याेजना तर्फ ७ कराेड, कार्यालय सञ्चालनमा ७० लाख, नयाँ प्रशासनिक भवन तथा अस्पताल ब्यवस्थापन तर्फ ५० लाख, नगर स्तरिय याेजनामन ३ कराेड ४६ लाख ६५ हजार ५८६ रुपैयाँ छ । यस्तै आर्थिक बिकास समिती तर्फ २८ लाख ९७ हजार ६१० रुपैयाँ छुट्टयाइएकाे छ ।
वन तथा वातावरण एवं विपद् ब्यवस्थापन शाखा तर्फ ३५ लाख ३९ हजार ६३५, सामाजिक बिकास तर्फ २ कराेड २० लाख ९७ हजार १६९ रुपैयाँ, सुशासन तथा संस्थागत बिकास तर्फ ६० लाख र न्यायिक समितिलाई ८ लाख छुट्टयाइएकाे प्रस्तुति भएकाे छ ।

आयिजित कार्यक्रममा नगरप्रमुख ललन प्रसाद गुप्ताले पारित नीति तथा कार्यक्रम भेदभाव रहित ससर्त लागू गरिने प्रण गर्नुभयाे । उहाँले शिक्षा, स्वास्थ्य, कृषिमा विशेष जाेड दिदै भन्नुभयाे नगरमा अब धेरै कुरामा मैत्रीपुर्ण कार्यक्रम सञ्चालन हुनेछ ।

स्वास्थ्यतिर पूर्णपाेषण युक्त नगरपालिका घाेषणा, क्षयराेग मुक्त नगरघाेषणा, पूर्ण स्तनपान नगरघाेषणासंगै महिला स्वास्थ्य स्वंय सेविका स्यानिटरीप्याड उधाेग निर्माण र मननसिक परामर्स केन्द्र तथा मानसिक राेगीकाे ब्यवस्थापनका लागि सुधार केन्द्रकाे स्थापना गर्ने नगरप्रमुख गुप्ताले बताए । कृषिमा हरितक्रान्तिकाे सुरुवात गर्न विशेष प्रावधानलाई जाेड दिएकाे मेयर गुप्ताले सभामन संवाेधन गर्नुभयाे । नगरपालिकालाई राेजगारमुखी बनाउन थप आयाम तथा सीप बिकासको कार्यक्रम ल्याइ शिपबाट आत्मनिर्भर गराइने छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button