समाचार

सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दमकको कब्जामा

खगेन्द्र कार्की ,सप्तकोसी |

सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा धरानलाइ हराउँदै उपाधि माथि कब्जा जमाएको हो।
धरान स्पोर्टिङ क्ल्ब सुनसरी र दमक फुटबल एकेडेमी झापा बिच भएको फाइनलमा धरानलाइ २-० को गोलअन्तरले पराजित गर्दै झापाले उपाधि माथि कब्जा गरेको हो। झापाको तर्फबाट जर्सि न ४ का रोशन धिमाल र जर्सि न ११ का आषिश चापागाईंले १/१ गोल गरेर टिमलाई २-० गोलान्तर जिताएका थिए।
खेलको उत्कृष्ट खेलाडी दमकका जर्सि न १० का आषिश लावति सर्बाधिक गोल कर्ता दमकका जर्सि न ११ का आषिश चापागाईं र धरानका जर्सि न ७ का मिलन लिम्बू बराबर ३ गोल गरेर घोषित भए भने उत्कृष्ट गोलकिपर दमकका गोल किपर चरि लिम्बू घोषित भए।
सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा संचालित प्रतियोगिता समापन समारोहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले प्रमुख एम्पाएर पकज चौधरीलाइ बल हस्तान्तरण गरेर गरेका थिए ।
असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,LX CITY फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान स्पोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएका थिए।
प्रतियोगितामा विजेता तथा उप विजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार,जिल्ला फुटबल संघ सप्तरीका महासचीव रमेश श्रेष्ठ सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल लगायतले पुरस्कार बितरण गरेका थिए।प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः नगद २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button