समाचार

औरही गाउँपालिकामा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर 

चतुरानन्द यादव ।

नेपाली सेनाले देश को रक्षा मात्र गर्छ भने सर्बसाधारण जनताको बुझाई छ।तर देश मात्र न भएर जनता को हकहित को लागि पिडित परिवारको लागि असहाय पीडामा परेका समाजलाई उद्धार गर्ने कामहरू समेत गर्दछन्। त्यस्तै औरही गाउँपालिकामा सर्वसाधारण जनता जसको आर्थिक अवस्था कमजोर छन् बिरामी परेका छन् तर पैसाको कारणले गर्दा उपचार गराउन सकिरहेको छैन। बाहिर उपचार गराउन जान सकिरहेको छैन त्यो अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले उहाँहरूको लागि निःशुल्क औषधि
समेत वितरण गरी डाक्टरहरुलाई ल्याएर उपचारमा सहयोग गरेका छन्।
श्री नं. २७ वाहिनी अड्डाको संयोजकत्व, श्री नन्दाबक्स गणको आयोजना तथा श्री नं. २७ फि.ए.संगको सहकार्यमा सिरहा जिल्ला, औरही गाँउपालिकामा बसोबास सर्वसाधारणहरुलाई लक्षित गरी मिति २०८१।०३।०७ गते औरही गाँउपालिकाको वडा नं. ५ स्थित श्री जनता आधारभुत विद्यालयको प्राङ्गणमा औरही गाँउपालिका, जिल्ला स्वास्थ्य कार्यालय, सिरहा, प्रादेशिक अस्पताल सिरहा, सगरमाथा चौधरी आँखा अस्पताल, लहान, आँखा उपचार केन्द्र, सिरहाबाट प्राविधिक तथा औषधीजन्य सामानहरुको सहयोगमा बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ अन्य रोगहरु सम्बन्धी निःशुल्क स्वास्थय शिविर संचालन गरेको । चोहर्वा सिरहा स्थित तैनाथ श्री नन्दाबक्स गणको आयोजना संचालन भएको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट स्थानियवासी महिला-४२३ (चार सय तेईस) र पुरुष-१४५ (एक सय पैतालिस) गरी जम्मा ५६८ (पाँच सय अठसट्टी। जना सर्वसाधारण स्थानिय जनताहरु लावान्वित भएको छ।

नेपाली सेनाबाट समय समयमा हुने यस किसिमका निःशुल्क स्वास्थ्य शिविरबाट आर्थिक लगायत विविध कारणले उपचार सेवाबाट बन्चित बिरामीहरुलाई समुदाय स्तरमा नै विशेषज्ञ डाक्टरबाट उपचार सेवा प्रदान हुनुले नागरिक सैनिक सम्बन्धमा प्रगाढ हुनुको साथै नेपाली सेना सदैव नेपाली जनताको सेवामा समर्पित रहेको स्वास्थ्य शिविरमा उपचार सेवा लिएका सर्वसाधारणहरुले धारणा व्यक्त गरेको ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button