समाचार

नेपाल दलित मुक्तिमोर्चाको प्रशिक्षण कार्यक्रम सप्पन्न

पब्लिक प्रेस संवाददाता
सप्तरी। नेपाल दलित मुक्तिमोर्चा सप्तरीको जिल्ला अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम मोर्चाको सप्तरी इन्चार्ज क. बद्री सदाको अध्यक्षता सप्तरीको रुपनी गाउँ पालिकामा एक भव्य समारोह वीच सप्पन्न भएको छ।
साे भेलामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पार्टी सप्तरी इन्चार्ज क. सुर्यनाथ यादव (शुभाष) प्रमुख अतिथि तथा विशिष्ट अतिथिमा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज क. लवकुश बैठा र पार्टीका केन्द्रीय सदस्य क. अशोक कुमार मण्डल (अमर) क.रुबि कुमारी कर्ण, क.अरुण कुमार साह (अनिल) लगायतको सहभागी रहेको सो प्रशिक्षण कार्यक्रममा अतिथिको रूपमा संबिधान सभा सदस्य क. लक्ष्मी कुमारी चाैधरी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष क. हरिनारायण महतो, अखिल नेपाल ट्रेड युनियन महासंघका मधेश प्रदेश अध्यक्ष केदार देव नेपाल, दलित मुक्तिमोर्चाका केन्द्रीय सचिव एवं प्रदेश सह-इन्चार्ज क.प्रथमलाल राम, मोर्चाका केन्द्रीय सल्लाहकार क. भुलाइ राम, क. बेचन मण्डल, अखिल नेपाल ट्रेड युनियन महासंघका सप्तरी इन्चार्ज क.रतन मण्डल, कोषाध्यक्ष क. कपुर देवी चाैधरी, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को जिल्ला सचिव क. सरोस्वती चाैधरीको सहभागीता रहेको थियो भने सो क.रामकृष्ण पासवानले संचालन गर्नु भएको सो प्रशिक्षण भेलामा क.रामलाल सरदारले स्वागत मन्तव्य राख्नु भएको थियो। सो भेलाले क.रामकृष्ण पासवानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क. रामलाल सरदार सचिवसहितको ५१ सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको छ। सबैलाई बधाई एवम् सफल कार्यकालको शुभकामनाको साथै नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति सप्तरीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा(माओबादी केन्द्र) को केन्द्रिय सदस्य क.सुर्यनाथ यादव(शुभाष , क.अमर मण्डल, क.रुबी कर्ण, क.अनिल साह , संविधान सभा सदस्य क.लक्ष्मी चौधरी, मोर्चाको के.सदस्य क.बद्री सदा, क.रामकिशोर पासवान, क.दिपेन्द्र पासवान, क.रामशिरिस्ठ महरा, क.अजम्बर, केन्द्रिय सचिव क.प्रथमलाल राम लगायतले सो प्रशिक्षण कार्यक्रम आ- आफ्नो धारणा राख्नु भएको थियोे।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button