समाचार

पेस्ताेल सहित दुई जना युवक पक्राउ

 

राजविराज । सप्तरीको खडक नगरपालिका वडा न.८ भदियाबाट प्रहरीले पेस्तोलसहित दुई जना युवक पक्राउ गरेको छ । उनिहरुकाे साथबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थानसहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा सप्तरीको सुरूङगा नगरपालिका वडा न.६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो |

यता साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button