समाचार

ढिला आउने कर्मचारीलाई हाजिरी निषेध — अधिकृत सरोज कर्णको कडा निर्देशन

पब्लिक प्रेस ।

सप्तरी — तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कर्णले कर्मचारीहरूको समयपालनमा कडाइ गर्दै नयाँ निर्देशन जारी गरेका छन्।
बुधबार जारी गरिएको निर्देशनअनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण शाखामा कार्यरत कर्मचारीहरू बिहान ९:४५ भित्र अनिवार्य रूपमा सरकारी पोशाकमा उपस्थित भई ठिक १० बजेभित्र हाजिरी प्रक्रिया सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनमा १० बजेपछि हाजिरी प्रक्रिया पूर्ण रूपमा समापन हुने स्पष्ट पारिएको छ। सो समयसीमा नाघेर आउने कर्मचारीलाई हाजिरी गर्न नदिने तथा कुनै पनि बहाना नसुन्ने चेतावनी दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार तोकिएको समयपछि हाजिरी रजिस्टर दराजभित्र राखिनेछ र ढिला आउने कर्मचारीलाई हस्ताक्षर गर्न नदिने कडाइ लागू गरिनेछ।
निर्देशनको अवज्ञा गर्ने कर्मचारीमाथि पत्र काटी आवश्यक कारबाही गरिने उनले जनाएका छन्। कार्यालय अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो कडा कदम चालिएको अधिकृत कर्णले बताएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button