समाचार

बालविवाहविरुद्ध कडा कदम: जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय सुनाइयो

पब्लिक प्रेस
सर्लाही
१८ वर्षीया युवतीलाई बाल विवाह गरेको कसुरमा जिल्ला अदालतले ब्रहमपुरी गाउँपालिका–८ का १९ वर्षीय अमरनाथ कापरलाई ०८२ पुस २९ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै तीन वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले जानकारी दिनु भयो ।

आरोपित कापरले युवतिलाई ललाइफकाइ गरी बालविवाह गरेको भन्दै वैशाख ५ गते पीडित पक्षले आरोपितविरुद्ध उजुरी दिएको थियो । ०८२ वैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको पीडित पक्षले जानकारी दिनु भयो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button