समाचारसमाज

भाउजूलाई ज्यान मार्ने युवककाे घरबाट कटुवा पेस्तोल बरामद, फरार अभियुक्तको खोजी तीव्र

पब्लिक प्रेस ।

सप्तरी । सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–३ पिपराहीमा घरेलु विवादका क्रममा ज्यान मार्ने धम्की दिँदै आएका एक युवकको घरबाट अवैध कटुवा पेस्तोल फेला परेको छ।

शुक्रबार बिहान करिब ८:३० बजे, स्थानीय मो. हुसेन मियाँका २६ वर्षीय छोरा मो. कुर्मान मियाँ ले आफ्नै भाउजु सहिदा खातुन (३० वर्ष) सँग पटक–पटक विवाद तथा झैँ–झगडा गर्दै ज्यान मार्नेसम्मको धाकधम्की दिँदै आएको भन्ने उजुरी पीडित पक्षले प्रहरी चौकी डिमन, सप्तरी मा दिएका थिए।
उजुरी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर प्रारम्भिक बुझाइ गरेको थियो। त्यसक्रममा प्राप्त विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा अभियुक्त मो. कुर्मान मियाँको सुत्ने कोठामा रहेको काठको दराजभित्र लुकाइ राखिएको एक थान अवैध कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बिहान ९:२० बजे तालुक इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा थप टोली घटनास्थलमा खटिएको थियो।
तर, मो. कुर्मान मियाँ भने फरार रहेको र उनको खोजतलास तथा थप अनुसन्धान कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button