पब्लिक प्रेस ।
सप्तरी — यस वर्षको ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार क्षेत्रमा क्रियाशील संस्थाहरूको संयुक्त आयोजनामा बुधबार विविध कार्यक्रम हुने भएको छ।
कार्यक्रम अनुसार मंसिर २४ गते विहान १० बजे मानव अधिकार र्यालीका लागि सहभागीहरू शिव मन्दिरमा जम्मा हुने छन्।
विहान १०:३० बजे र्याली औपचारिक रूपमा सुरु गरिने बताइएको छ।
र्याली जिल्ला प्रशासन कार्यालय, खानेपानी, महावीर चौक, गजेन्द्र चौक, नेता चौक, राम मन्दिर, अदालत, नगरपालिकाको कार्यालय हुँदै अन्त्यमा नेपाल पत्रकार महासंघ, सप्तरी कार्यालयमा पुग्नेछ।
र्यालीपछि १२:१० देखि २:०० बजेसम्म ‘मधेश प्रदेशको मानव अधिकार अवस्था र सरोकारवालाको भूमिका’ विषयमा विशेष छलफल कार्यक्रम नेपाल पत्रकार महासंघ, सप्तरीको सभाहलमा सञ्चालन गरिनेछ।
आयोजक संस्थाहरूले मानव अधिकार दिवसलाई जनस्तरमा प्रभावकारी बनाउने उद्देश्यले सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।










