समाज

दहेज प्रथाविरुद्ध कञ्चनरुपबाट सन्देश : सरकारी सेवाकर्मी दम्पतीले गरे दहेज–मुक्त विवाह

पब्लिक प्रेस ।

सप्तरी, — कञ्चनरुप नगरपालिकामा कार्यरत नायब सुब्बा खेमराज यादव र कृषि विकास अधिकृत निक्की यादवबीच दहेज–मुक्त विवाह सम्पन्न भएको छ। विवाह आइतबार (मंसिर १४ गते) समाजिक परम्परा अनुसार राजविराज नगरपालिका–५ स्थित निज निवासमा सम्पन्न गरिएको बधू पक्षका भाइ राहुल यादवले पब्लिक प्रेस कर्मिलाई जानकारी दिए।

नायब सुब्बा खेमराज यादव कञ्चनरुप नगरपालिकाको जिन्सी शाखामा कार्यरत छन्। उनी कञ्चनरुप नगरपालिका–९, विष्णु मन्दिर टोल निवासी स्व. रविलाल यादव र श्रीमती मिरा देवी यादव तथा दुखनी देवी यादवका कान्छा छोरा हुन्।

त्यसैगरी, कृषि विकास अधिकृत निक्की यादव सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ निवासी र हाल राजविराज नगरपालिका–५ बस्ने ध्रुव कुमार यादव र श्रीमती गीता यादवकी कान्छी छोरी हुन्।

बधु पक्षका प्रतिनिधि सुबा यादवका अनुसार दहेज–मुक्त विवाह उनीहरूको परिवारमा दोस्रो पटक भएको हो। उनले भने— “हामी जस्ता शिक्षित युवक–युवतीले दहेज प्रथाको अन्त्यका लागि अगुवाइ गर्न अनिवार्य छ। समाजमा दहेज–मुक्त अभियान धेरै छन्, तर वास्तविक रूपमा यस्ता कदम चाल्ने युवा–युवतीलाई प्रोत्साहन गर्नु आवश्यक छ।”

दुवै परिवारबाट गरिएको यो दहेज–मुक्त विवाहले समाजमा सकारात्मक सन्देश दिएको स्थानीयहरूले बताएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button