समाचार

एमालेकाे अन्तरक्रीयात्मक बैठक राजबिराजमा सम्पन्न

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक ०६ गते ।

नेकपा एमाले सप्तरी जिल्ला पार्टी कार्यालयमा मंगलबार अन्तरक्रीयात्मक बैठक सम्पन्न भएकाे छ ।

प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलकाे अध्यक्षता र स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठकाे प्रमुख आतिथ्यमा बसेकाे बैठकमा सप्तरी केन्द्रित नेकपा एमालेका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला पदाधिकारीहरुकाे सहभागिता रहेकाे जिल्ला पार्टीस्राेतले जानकारी दिएका छन् ।

स्राेतकाे अनुसार, बैठकमा पोलिटब्युरो सदस्य एवं सप्तरी पार्टी ईन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रीय सदस्यद्वय राजकुमार लेखी, सरीता गिरी, केन्द्रीय सल्लाहकार सत्यनारायण मंडल, गंगा प्रसाद यादव, रामप्रित पासवान थिए । यस्तै प्रदेश कमिटी सदस्यहरु र जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अव्दुल मजिद साकीर, सचिव देवनाथ यादव, सहसचिव अखिलेश झा, कुसुम आचार्यको उपस्थिती रहेको थियो । प्रदेश कमिटी सचिव मनोज कुमार पौडेलले बैठककाे संचालन गरेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button